तालमेलको विरोध गर्दैै एमाले कार्यालय घेराउ
प्यूठान, जेठ १० – नेकपा एमाले स्वर्गद्वारी नगरपालिकाले गरेको चुनावी तालमेलको फिर्ता लिन माग गर्दै सो पार्टीका नेता कार्यकर्ता आन्दोलित भएका छन् । विरोधमा उनीहरुले मंगलवार पार्टी कार्यालय घेराउसमेत गरेका छन् । स्वर्गद्वारी नगरपालिकाका कार्यकर्ताको चाहाना नबुझि पार्टीले तालमेल गरेको भन्दै संगठित सदस्यहरुले राजिनामा समेत दिएका छन् । तालमेल विनै चुनाव लड्दा जित हासिल गरिने उनीहरुको भनाई छ । एमाले कार्यकर्ताले जिल्ला नेतृत्वलाई २४ घण्टाभित्र तालमेलको निर्णय फिर्ता नलिए शसक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सोमबार नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको चुवावमा तालमेल गरेर जाने सहमति भएको थियो । स्वगद्वारी नगरपालिकाकाका नगरकमिटी संयोजक हिरामणी भण्डारीले आफुमाथी भएको अन्यायको विरुद्धमा पार्टी कार्यालयमा बिरोध गर्न बाध्य भएको बताए । दुईदल बीचमा भएको सहमती अनुसार प्यूठान नगरपालिकामा नेकपा एमाले र स्वर्गद्वारी नगरपालिकामा राजमोलाई मेयर दिने सहमति भएको थियो । त्यसैगरी मल्लरानी झिमु्रक र ऐरावती गाउँपालिका राजमोलाई र सरुमारानी, नौबहिनी माण्डवी र गौमुखी गाउँपालिका एमालेलाई दिने सहमति भएको छ । दुईदलको चुनावी तालमेललाई दुबै दलका कार्यकर्ताले असन्तुष्टी जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण