बुद्धमूर्ति निर्माणको डिपीआर तयार
बुधबार, १० जेठ २०७४, १२ : ०८
दमक, जेठ १०- झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएर बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी दिनुभयो ।
डिपिआरअनुसार बुद्धमूर्ति पार्क निर्माणमा रु १७ अर्ब ९५ करोड खर्च लाग्ने नगरपालिकाले जनाएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुनेछ ।
अधिकृत दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया जेठभित्रै सुरु गर्ने जानकारी दिनुभयो । आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।
आयोजनाभित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशालालगायतका संरचना निमाण हुने अधिकृत दाहालले बताउनुभयो ।
आयोजना निर्माण सम्पन्न भए मुलुकको पूर्व क्षेत्रमा मात्र लाखौँ पर्यटक भित्रिने र त्यसबाट हजारौँले रोजगारी पाउने जनाउनुभयो ।
दाहालका अनुसार थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले निर्माण गर्ने इच्छा देखिएका छन् । उहाँले यही जेठभित्र आयोजनाको प्रारम्भिक चरणका काम थालनी हुने जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण