नेपाली काँग्रेस पाँचथरले उम्मेदवारको टुङ्गो लगायो
बुधबार, १० जेठ २०७४, १२ : ३३
पाँचथर, १० जेठ - नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो ।
फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङ्देम्बेको नाम चयन गरेको छ ।
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ र कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङको नाम चयन गरेकोे छ ।
मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा, उपाध्यक्षमा टेककुमारी कुरुम्बाङ रहनुभएको छ । याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई अघि बढाएको छ ।
फिदिम नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा सहमति नभएपछि विवाद समाधान गर्न केन्द्रमा पठाइएको पार्टीका चुनाव प्रचारप्रसार समिति संयोजक वृजहाङ आङदेम्बेले बताए ।
जिल्लाको ६० वटा वडामा भने कार्यसमिति चयन गरिसकिएको जानकारी दिंदै उक्त दलका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले प्रत्येक गाउँपालिकामा सक्षम र सबल उम्मेदवार तयार पारेको बताए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण