शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भीड्न तयार ‘पर्व’ र ‘हिटलर’

बुधबार, १० जेठ २०७४, १२ : ३७
बुधबार, १० जेठ २०७४

काठमाडौं, जेठ १० – लडाइ झगडाले कसैको हित गर्दैन । दुई चलचित्र बिच होस् वा अन्य । यो सबैले बुझेकै कुरा हो । बुझ्दा बुझ्दै पनि हाम्रा चलचित्र निर्माता एक अर्काेसँगको स्पर्धामा अगाडि सर्ने गरेका छन् । यसको ज्वलन्त उदारण यहि शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिटलर’ र ‘पर्व’लाई लिन सकिन्छ । यी दुबै एकसाथ प्रदर्शनमा आउन लागेका हुन् । ‘पर्व’ दिनेश राउतको निर्देशन रहेको चलचित्र हो । चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीतमा अहिले हिट छ । यो गीतमा अभिनेत्री माला लिम्बु र निर्देशक निश्चल बस्नेतले नृत्य गरेका छन् । गीत हिट भएकोले चलचित्र पनि हिट हुने निर्माण युनिटको दाबी छ । टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा पर्वमा घटेको घटना र त्यसपछि एक पात्रमा उत्पन्न हुने उत्तेजनात्मक भावको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ । यस्तै ‘हिटलर’ सौरभ ढकालले निर्देशन गरेका हुन् । सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका रहेको चलचित्रमा ए गुरुङ र मेनुका प्रधान समेतको अभिनय रहेको छ । निर्देशक कथावस्तुका कारण चलचित्र चल्नेमा ढुक्क छन् । अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो चलचित्र  कमेडी र प्रेम कथामा बनेको छ । चलचित्रको ट्रेलर र गीतलाई रुचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप