२३ दिनमै सकियो फिल्म ‘काउसो’
काठमाडौं, जेठ १० –मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘काउसो’को छायाँकन सकिएको छ । ३० दिनको सेडुल बनाइएको चलचित्र २३ दिनमा सकिएको निर्देशक मदन घिमिरेले जानकारी दिए । सिताराम तिमल्सिना ‘ज्याक’ र भगवान खत्रीले मिलेर बनाएको ‘काउसो’ मोफसलका बिभिन्न शहरमा छायाँकन पछि राजधानीमा भित्रिएको थियो । चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, रामचन्द्र अधिकारी, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली, वालकलाकार असिम तिमल्सिना आदिको अभिनय रहेको छ । अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुति रहेको ‘काउसो’का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् । चलचित्रमा गीत, कथा, निर्देशक मदन घिमिरे, पटकथा सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, छायाँकन रामेश्वार हुमागाई र प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् । राजेन्द्र वस्नेतको समेत चलचित्रका निर्माण हुन् ,भने चलचित्रले युवाको प्रेमकथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण