शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आज पनि बस्न सकेन संसद बैठक, भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित

बुधबार, १० जेठ २०७४, १२ : ५१
बुधबार, १० जेठ २०७४

काठमाडौं, जेठ १०– व्यवस्थापिका संसदको बैठक  भोलिसम्मको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपनि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले बैठक भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारले सोमबार बसेको बैठकबाट मधेसका विभिन्न जिल्लामा २२ स्थानीय तह थप गरेपछि एमालेले विरोध विरोध गर्दै आएको छ । सोहि निर्णयको विरोधमा संसद अवरुद्ध पार्ने भएपछि संसद बैठक स्थगित हुँदै आएको हाे । मंगलबारको लागि बोलाइएको बैठक तीन पटकसम्म सार्दै आजसम्मको लागि स्थगित गरिएको थियो ।  यस्तै अाज  ११ बजेका लागि बोलाइएको बैठकअघिसम्म पनि दलहरुबीच कुनै छलफलसमेत हुन नसकेको र एमालेले अवरोध गर्ने नै भएपछि भोलि ४ बजेसम्मको लागि बैठक स्थगित गरिएको बताइएको छ । यो बीचमा संसदको कारबाही चलाउनका लागि सत्तारुढ दलले एमालेसँग धनीभूत छलफल गर्ने तयारी गरेको छ । यसैबीच संसद बैठक सरिरहँदा प्रधानमन्त्री प्रचण्डले पनि संसदमा विशेष सम्बोधन गर्न पाएका छैनन् । विशेष सम्बोधन गरेर राजीनामा दिने तयारीमा प्रचण्ड छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप