शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमालेको संसद अवरोधपछि प्रधानमन्त्रीको सम्बोधन सिंहदरवारबाट

बुधबार, १० जेठ २०७४, १३ : ०९
बुधबार, १० जेठ २०७४

काठमाडौँ, जेठ १० – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

आज साँझ चार बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो ।

तर, आज पनि सहमति नजुटेपछि संसद बैठक भोलि चार बजेसम्मका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप