बानेश्वरमा २ घण्टा बसेर फर्किए नेताहरु, ओली जाँदै गएनन्
काठमाडौँ, जेठ १०– सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोालएको शीर्ष तीन दलको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएका छन् ।
छलफलका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा संसद भवन नयाँबानेश्वरमा पुगेपनि ओली नजाँदा शीर्ष बैठक नै बस्न सकेन ।
छलफलका लागि एमाले नेता माधव नेपाल र सुवास नेम्वाङ बानेश्वर पुगेपनि ओली नआएपछि सबै नेताहरु ढेड घण्टा ओलीलाई कुरेर त्यसै फर्किएका सकेका थिए ।
एमालेले २२ स्थानीय तह थप्ने सरकारको निर्णयमा विरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले सहमति जुटाउन बुधबारलाई प्रमुख दलका शीर्ष नेताको छलफल डाकेका थिए ।
तर, प्रधानमन्त्रीलगायत अरु नेता बानेश्वर पुगेर डेढ घण्टा कुर्दा पनि ओली नआएपछि प्रधानमन्त्री र एमालेका अरु नेताबीच संसद खुलाउने विषयमा सामान्य छलफल भएको नेता माधव कुमार नेपालले सञ्चारकर्मीलाई बताए ।
उनले सरकारले चुनावका बीचमा नेकपा एमालेलाई हराउनेगरी गरिएको स्थानीय तहको संख्या बढाउने निर्णयको स्पष्ट जवाफ नदिएकाले संसद चल्न नसकेको प्रतिकृया दिए ।
यसअघि मंगलबार नै बस्ने भनेको संसद बैठक समेत सहमतिपछि मात्रै बस्ने भन्दै बुधबारलाई सारिएको थियो । मंगलबारै संसदमा सम्बोधन गरेर प्रधानमन्त्रीले राजिनामा दिने तयारी समेत भएको थियो ।
तर, एमाले सहमतिमा नआएपछि संसद बैठक समेत बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण