प्रथम अन्र्तराष्ट्रिय करातेमा नेपाल च्याम्पियन
बुधबार, १० जेठ २०७४, १३ : २४
काठमाडौं, जेठ १० – प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ ।
नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा नेपाल पहिलो हुन सफल भएको हो । तीनदिनयता भएको प्रतियोगिता बुधबार सकिएको हो ।
भारत दोस्रो र पाकिस्तानले तेस्रो स्थान बनाएका छन् । नेपाललगायत भारत, पाकिस्तान, श्रीलंका र भुटानलगायतका देश सहभागित जनाएको प्रतियोगितामा नेपाल ३ सय भन्दा बढी र अन्य देशबाट २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा स्वर्ण पदक २५, रजत २५, कास्य ५० पदकका लागि खेलाडीको बीचमा भिडन्त भएको थियो । यो प्रतियोगितामा भण्डै २२ लाखको लागत खर्च भएको फेडरेशनका अध्यक्ष संजय लामाले जानकारी दिए ।
कार्र्यक्रमा पुरस्कार वितरण गर्दै गोकर्णश्वर नगरपालिकाका निर्वाचित मेयर सन्तोष चालीसेले नगरपालिकाले खेलकुद सम्बन्धी सम्पूर्ण कार्यहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण