शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दूधपोखरी गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु

बुधबार, १० जेठ २०७४, १३ : ३४
बुधबार, १० जेठ २०७४

लमजुङ, १० जेठ । दूधपोखरी गाउँपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक पदका निर्वाचन प्रयोजनका लागि आजदेखि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ ।

आज १० गते मतदाता नामावली प्रकाशन, ११ गते मतदाता नामावली सच्याउने, १२ गते अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने र १९ गते मतदान हुने निर्वाचन अधिकृत यामबहादुर बानियाँले जानकारी दिए।

चार जना महिला सदस्य र दुई जना दलित वा अल्पसङ्ख्यक पदका लागि सो निर्वाचन हुन लागेको हो । कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र छवटै वडाध्यक्ष पदने सदस्य रहनेछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप