‘भूकम्पपछिको नेपाल’ फोटोप्रदर्शनी हुने, दर्शकले मनपराएको तस्विरलाई ५० हजार
काठमाडौँ, जेठ १० – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)ले ‘भूकम्पपछिको नेपाल’ विषयक फोटो प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
प्राकृतिक विपद तथा सामाजिक र साँस्कृतिक लगायत अन्य विषयलाई लिएर एनएफपिजेले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा विभिन्न पटक फोटो प्रदर्शनीको आयोजना गर्दै आएको छ । सोही सिलसिलामा एनएफपिजेले ‘भूकम्पपछिको नेपाल’ शीर्षकमा आयोजना गर्न लागेको फोटो प्रदर्शनीमा अत्याधिक दर्शकद्वारा मनपराइएका (भ्युवर्स च्वाईस) स्वरूप पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु २० हजार, तेस्रोलाई रु १५ हजार र तीन जनालाई रु ५ हजार सान्तवना पुरस्कार प्रदान गरिने समूहले जनकारी दिइनेछ ।
उक्त फोटो प्रदर्शनीमा फोटोपत्रकार,फोटोग्राफर लगायत अन्य सर्वसाधारण समेतले भूकम्प र त्यसपछिका पुनर्निर्माणसम्बन्धि फोटो पठाउन पाउनेछन् ।
फोटो प्रदर्शनीमा सहभागिता जनाउनका लागि केही नियमहरूः
फोटो २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्प र त्यसपछिको समयावधिमा खिचिएकोे हुनुपर्नेछ । यस्तै भूकम्पको असर र त्यसपछिको पुनर्निर्माणको काम हालसम्म पनि जारी रहेकाले त्यस्ता फोटो पनि पठाउन सकिनेछ । भूकम्प सम्बन्धि फोटो कथालाई पनि प्राथमिकता दिइनेछ ( बढिमा ५ वटा फोटो ) पठाउनुपर्नेछ । पठाउने फोटोको साईज (कमसेकम) ३०० रिजोलुसनको १२ ईन्च बाई १८ ईन्च हाराहारीको (कलर वा श्यामस्वेत ) हुनुपर्नेछ । फोटोे बढीमा ३ वटा सम्म पठाउन सकिनेछ । साथै फोटोको क्याप्सन अनिवार्य हुनु पर्नेछ ।
छानिएका फोटोलाई आगामी असार महिनामा काठमाडौँको भृकुटीमण्डप लगायत देशका विभिन्न सहरहरुमा हुने शैक्षिक मेला ‘ईक्यान प्रदर्शनी’मा राखिनेछ । प्रदर्शनीका लागि छानिएका फोटो फेसवुक मार्फत पनि विश्वभरि प्रर्दशनी गरिने छ ।
इक्यान प्रदर्शनी अवधिभर अत्यधिक दर्शकद्वारा मनपराईएका फोटोहरु (भ्युअर्स च्वाईस)को विजेता छनौट दुई तरिकाबाट हुनेछ ।
१. भ्युअर्स च्वाइसको इक्यान प्रदर्शनीको दौरानमा फोटो प्रदर्शनी प्रत्यक्ष हेरेर दर्शकले दिने मत(भोट)को आधारमा ५० प्रतिशत ,र
२. फेसवुकको लाइक तथा सेयरको कमेन्टको आधारमा ५० प्रतिशत मतको निर्धारण हुनेछ ।
फोटो एनएफपीजेको वेवसाईट www.nfpj.org.np मा फारमभरि पठाउनुपर्नेछ साथै इमेल [email protected] मार्फत पनि पठाउन सकिनेछ। प्राप्त फोटो आयोजक कमिटिले छनौट गरी प्रर्दशनीमा राख्नेछ ।
कस्ता फोटोलाई प्राथमिकता दिईनेछ ?
१.भुकम्पले गरेको विनास र त्यसको प्रत्यक्ष असर
२. भुकम्पपिछको पुनःर्निर्माण ,सास्कृतिक सामाजीक तथा प्रकृति लगायत
३.शैक्षिक क्षेत्र जस्तै विध्यालय र विद्यार्थीलाई भुकम्पले पारेको असर आदि
छानिएका फोटोहरूको एउटा “फोटो किताब’’ प्रकाशित गर्ने पनि एनएफपीजेको योजना रहेको सहर्ष जानकारी गराउदछौ । “फोटो किताब’’ प्रकाशन भएमा ‘फोटो किताब’ मा प्रकाशित फोटोको पारिश्रमिक (रोएल्टी) किताब विक्री भएको (मूल्य हाल निर्धारण नभईसकेको) प्रति किताब को दरमा उपलब्ध गराईनेछ ।
उक्त पुस्तक विक्रि वितरणवाट भएको आम्दानीको २० प्रतिशत रकम भूकम्पबाट प्रभावीत विद्यार्थी तथा विद्यालयलाई प्रदान गरिने समूहले जनाएको । फोटो जेठ ३१ गते भित्र पठाइसक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण