शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा एमालेले स्थायी कमिटी बैठक बोलायो

बुधबार, १० जेठ २०७४, १४ : २१
बुधबार, १० जेठ २०७४

काठमाडौं, जेठ १०– नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । अपरान्ह ४ बजे अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोहि समयमा सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दैछन् ।

एमाले स्थायी कमिटी बैठकमा स्थानीय तह संख्या थप्ने सरकारको निणय, चुनावी नतिजालगायतका समसामयिक र राजनीतिक विषयमा छलफल हुने पार्टी उपमहासचिव धनश्याम भुषालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप