चाँगुनारायणमा रोकिएको मतगणना ५ बजेबाट सुरु हुने
भक्तपुर, जेठ १० –भक्तपुरको चाँगुनारायण नगरपालीकामा विवादका कारण रोकिएको मतगणना बुधबार ५ बजेबाट सुरु हुने भएको छ । मतगणना सुचारु गर्न दलहरुबिच सहमति भएको जानकारी प्राप्त भएको छ ।
दलहरुबिच विवाद देखिएका वडा नं. ३ र ४ को पूनः मतगणना गर्ने सहमति भएको नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका सचिव हरिशरण लामिछानेले जानकारी दिए । पाँच दिन देखि रोकिएको मतगणना सुरु नभएको भन्दै खरिपाटीस्थित मतगणना स्थलको गेट बाहिरे सर्वसाधरणले धर्ना दिएका थिए ।
कर्मचारीले भुलवस गल्ती गरेपछि नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति, माओवादी केन्द्र पार्टीले मतगणनामा रहेका कर्मचारी एमाले समर्थित रहेका कारण मतगणनामा एमालेको मत बढी आएको आरोप लगाएका थिए ।
मत जोड्नेक्रम भएको त्रुटीको कारणले शुक्रबारबाट रोकीएको मतगणना आजबाट सुचारु हुन लागेको हो । चाँगुनारायण नगरपालिकाको १ र २ वडामा नोपली कांग्रेस त्यसैगरी ३ र ४ नं वडाको एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण