शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बदर मत घटाउन दाङमा मतदाता शिक्षा कार्यक्रम

बुधबार, १० जेठ २०७४, १४ : ४४
बुधबार, १० जेठ २०७४
तुलसीपुर, जेठ १० –आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्बाचनमा मतदाताको उत्साहजन सहभागिता जुटाउन र बदरमत घटाउन निर्वाचन आयोगले मतदाता शिक्षा दिन थालेको छ । पहिलो चरणको निर्बाचनमा १० प्रतिसत भन्दा बढी मत बदर भएको र मत दाता शिक्षा प्रभाबकारी हुन नसकेको गुनासो बढेकाले जिल्ला निर्बाचन कार्यालयले वदर मतको सख्या घटाउनेबारे बुधबार सरोकारवालाहरु संग छलफल एवं अन्तकृया गरेको छ । उसले जिल्लाका लमही,घोराही र तुलसीपुर क्षेत्रमा राजनीतिक दल,नागरिक समाज,पत्रकार,अधिकारकर्मी र सर्बसाधारणको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम गरेको हो । दाङका निर्बाचन अधिकारी बिजयकुमार कार्कीका अनुसार ७ गते घोराही,८ गते लमही र आज १० गते तुलसीपुरमा मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रममा मतदान गर्नु भन्दा पहिला,मतदानको समय र मतदान पछिको अबधिमा अपनाउनु पर्ने सर्तकता बारेमा जानकारी दिने गरिन्छ । दाङ जिल्लामा कुल २ लाख ९१ हजार १ सय ७३ जना मतदाता छन् । जस मध्ये घोराही उप–महानगरपालिकामा ७८ हजार ४ सय २७, तुलसीपुर उप–महानगरपालिकामा ७६ हजार ८ सय ९३, लमही नगरपालिकामा २४ हजार ९ सय ३६, बंगलाचुली गाउँपालिकामा ११ हजार ४ सय ७, दंगीशरण गाउँपालिकामा १३ हजार ४ सय २३, शान्ति नगर गाउँपालिकामा १५ हजार ६ सय १, राप्ती गाउँपालिकामा २२ हजार ९ सय ५,गढवा गाउँपालिकामा २१ हजार ७१ र राजपुर गाउँपालिकामा १० हजार ४ सय २३ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिए । कार्यक्रममा मत पत्रको आकार,संकेत र मतदान गर्दा अपाउनुपर्ने सावधानिका बारेमा निर्बाचन कार्यालयका नायब सुब्बा गेहेन्द्र कुँवरले जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप