शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वडा सचिवबाट गाउँपालिका अध्यक्ष

बुधबार, १० जेठ २०७४, १४ : ४८
बुधबार, १० जेठ २०७४

रसुवा, १० जेठ । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा वडा सचिव रहनुभएका बुजुङ तामाङ सोही गाउँपालिको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सरकारी जागिर छोडी नयाँ शक्ति नेपालको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका पार्वतीकुण्ड–१ का बुजुङ तामाङ सो पदमा ९६४ मत ल्याउनु भई विजयी हुनुभएको हो ।

एउटा वडाको सचिव बनेर काम गरिरहनुभएका मान्छे अहिले पार्वनीकुण्ड गाउँपालिकाको सिङ्गो अध्यक्ष बन्न पाउँदा उहाँ हर्षित बन्नुभएको छ । अध्यक्ष तामाङले आफ्नो पहिलो प्राथमिकता हाकु गाउँमा मोटरबाटो निर्माण गर्ने बताउनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप