शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

औषधि गोदाममा आगलागी, करोडौंको क्षति

बुधबार, १० जेठ २०७४, १४ : ५३
बुधबार, १० जेठ २०७४

बुटवल, १० जेठ । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यरातिमा लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो । औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुन सो इन्टरप्राइजेजका सञ्चालक छन् ।

पहिलो तलाको पूर्व–तर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंँथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्र्पूण औषधि जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भए पनि कुनै मानवीय क्षति हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितको गुणासो छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बताइएको छ । घरमा भएका ६ वटा सिलिन्डर र इन्भर्टर ब्याट्रिमा कुनै पनि क्षति नहुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको पीडितले बताएका छन् ।

आगलागी भएको पसलको चौँथो तलमा ६ जना सुतेका थिए । चौँथो तलामा रहेका उनीहरु आगलागी भएपछि छिमेकीको छतबाट बाहिर निस्किएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप