बिहीबारको संसद बैठक चल्न दिन्छौं : एमाले
बुधबार, १० जेठ २०७४, १४ : ५३
काठमाडौ, जेठ १० – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विहिबारको संसद बैठक अवरोध नगर्ने बताएको छ ।
एमालेले विहिबार राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकाले संसद बैठक अवरोध नगर्ने प्रष्टयाएको हो ।
नेता माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले विहिबार बोलाइएको संसद बैठक भने अवरोध नगर्ने जानकारी दिएका हुन् ।
बुधबार संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दैै नेता नेपालले सरकारले एमालेलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा हराउने गरी स्थानीय तहको संख्या हेरफेर गरेकाले सो निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।
यता, काँग्रेस नेता डा. रामशरण महतले भने एमालेको अवरोधका कारण संसद बैठक स्थगित गरिएको बताए । उनले विहिबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने र त्यसपछि जेठ १५ गते बजेट पेश हुने दावी समेत गरे ।
एमालेले सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफनो पार्टीलाई हराउने गरी २२ स्थानमा स्थानीय तहको संख्या थप गरेको दावी गर्दै सो निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण