शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कास्की कांग्रेसका उपसभापतिको हृदयघातबाट निधन

बुधबार, १० जेठ २०७४, १४ : ५६
बुधबार, १० जेठ २०७४
कास्की, जेठ १० – मत परिणाम आउने क्रम जारी रहेकै बेला नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्कीका उपसभापति हरिप्रसाद आचार्यको हृदयघातबाट निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुमा वि.सं. २०३२ माघ १० गते जन्मिएका आचार्य नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं नेपाल तरुण दल, कास्कीका पूर्व सहसचिव समेत रहेका थिए । आचार्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप