बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यस्ता फोटो देखेर विचलित हुनुहुन्छ भने तपाईंलाई हुनसक्छ यस्तो रोग

शनिबार, १३ जेठ २०७४, ११ : ११
शनिबार, १३ जेठ २०७४
एजेन्सी – फोबिया अर्थात् डर । वैज्ञानिकका अनुसार कुनै कुरासँग लगातार डराउनु नै फोबिया हो । थुप्रै मानिसहरुलाई यसको कारणले प्यानिक अट्याक पनि हुन्छ । हाइड्रोफोबिया (पानीसँग डर) र एक्रोफोबिया (उचाईसँग डर) को बारेमा तपाईंले सुन्नुभएको होला तर आज हामी तपाईंलाई यस्ता ७ फोबियाबारे जानकारी दिँदैछौं जसबारे निकै कम मानिसलाई थाहा छ । माथिको फोटो हेरेर विचलित हुनुभयो भने बुझ्नुहोस् ट्राइपोफोबियाः – ट्राइपोफोबिया साना प्वाल र अचम्मका प्याटर्न देखेर लाग्ने डरलाई भनिन्छ । – केही समय पहिले इन्टरनेटमा यो फोबियाको विषयमा थुप्रै फोटो सार्वजनिक भएको थियो । – केही अनुसन्धानकर्ताका अनुसार अनलाइनमा तस्बिर हेरेर विचलित भएर उक्त फोबियाको शिकार भएको भनी मानिसहरुले यस्तो दाबी गरिरहेका थिए । – हुन त अमेरिकन साइकायट्रिक असोसियसनलाई आधिकारीक रुपमा यो फोबियाको एकजना पनि रोगीबारे थाहा नभएको बताएको छ तर इन्टरनेटमा हज्जारौं मानिसहरुले आफूलाई यो फोबियाबाट ग्रस्त बताएका छन् । २. डिस्मोर्फोफोबियाः – यो फोबियाको शिकार मानिसहरु आफ्नो फिगरबारे निकै तनावमा हुने गर्दछन् । आफूलाई परफेक्ट बनाउनका लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् । – यस्ता मानिसहरु पहिलेदेखि नै दुब्ला हुन्छन् तर आफूलाई मोटो सम्झेर तौल यतिसम्म घटाउँछन् कि उनीहरुका लागि घातक हुने गर्दछ । – धेरैजसो मानिसहरु यो फोबियालाई बुझ्दैनन् । उपचार नहुँदा थुप्रै मामलामा व्यक्तिले आत्महत्या गर्ने गर्दछन् । ३. पोगोनोफोबियाः – यो फोबिया धेरैजसो प्युबर्टीसँग गुज्रिरहेका पुरुषमा देखिन्छ । – यसमा ती पुरुषहरुलाई दाह्रीसँग डर लाग्छ । – यसको शिकार मानिसहरु आफ्नो अनुहारमा थोरै रौं देख्दा पनि निकै तनावमा हुने गर्दछन् । ४. प्युपाफोबियाः – यो फोबियाका शिकार मानिसहरुलाई काठको पुतलीसँग डर लाग्छ । – यो डरको सुरुवात बाल्यकालदेखि नै हुन्छ । – यस्ता बिरामीहरु काठको पुतलीलाई जिउँदो सम्झिएर डराउने गर्दछन्  । यसको शिकार थुप्रै मानिसहरुले यसलाई सपनामा पनि देख्ने गर्दछन् जसमा काठको पुतलीले उनीहरुको हत्या गर्न खोजेका हुन्छन् । ५. स्पेक्ट्रोफोबियाः – यो फोबियाको शिकार मानिसहरुलाई ऐना हेर्न डर लाग्छ । – उनीहरुले ऐनामा केही छायाँ देखिरहेका हुन्छन् । – धेरै हरर मुभी हेर्ने भएकाले मानिसहरु यो फोबियाको शिकार हुने गर्दछन् । ६. हेक्साकोसीहेक्सोकोनटाहेक्सोफोबियाः – यो फोबियालाई साधारण भाषामा ६६६ भनिन्छ । – यो फोबियाको सम्बन्ध अन्धविश्वाससँग जोडिएको छ । केही मानिसहरुले ६६६ शैतानसँग जोडिएको अंक भन्ने गर्दछन् । यो कुरा बाइबलमा पनि भनिएको छ । – सन् २००६ मा ६ जून अर्थात् ६ /६ /०६ का यस्ता थुप्रै घटना सार्वजनिक भए जसमा गर्भवती महिलाले डाक्टरसँग कुरा गरेर आफ्नो बच्चालाई जन्म दिनका लागि मीति सारेका थिए । ७. अब्लूटोफोबियाः – यो फोबियाका शिकार मानिस सधैं सफा–सुग्घर बारे सोच्ने गर्दछन् । – सानोभन्दा सानो काम गरेपछि पनि उनलाई नुहाउन मन लाग्छ । – हुन त यसको शिकार कोही पनि हुनसक्छन् तर धेरैजसो महिला र बच्चा नै यसको शिकार हुने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप