आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

तीन दल–राजपा वैठकः दोस्रो चरणको निर्वाचनपछि संशोधन अघि बढाउन एमाले सकारात्मक

आइतबार, १४ जेठ २०७४, २१ : २५
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– प्रमुख तीन दल र दोस्रो चरणको निर्वाचन प्रभावित गर्ने गरी आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टीबीच आइतबार बेलुका भएको वैठक विनानिश्कर्ष टुंगिएको छ । राजपालाई आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागीता गराउने प्रयास स्वरुप आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दल र राजपाको बैठक बोलाएका थिए । राजपालाई मनाउने प्रयास स्वरुप नेपाली काँग्रेसले पनि शनिवारदेखि पहल जारी राखेको छ । राजपा नेताहरुसँग काँग्रेसले पटक पटक छलफल गरिसकेको छ । आइतबार साँझ बालुवाटार भएको चार दल बैठकमा संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकारात्मक देखिएका छन् । दोस्रो चरणको निर्वाचनपछि संशोधन अघि बढाउने एमाले नेताहरु सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए । राजपाका नेताहरुले आफ्नो मुख्य चासों प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकोमा जोड दिँदै संविधान संशोधन विधेयेक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गरेका थिए । बैठकले संविधान संशोधन विद्येयक र स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्थ ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप