कपालभातीले यसरी बनाउँछ पाचनशक्तिलाई सक्रिय
सोमबार, १५ जेठ २०७४, ०९ : ४९
दीपक नेपाल योग प्रशिक्षक
पछिल्लो समय निकै चर्चित प्राणायम विधि हो, कपालभाती । यसमा कपालको अर्थ मस्तिष्क र भातीको अर्थ चम्काउनु भन्ने हुन्छ । त्यसैले यो प्राणायम निरन्तर गर्दा मस्तिष्क र शरीरको बिकारलाई हटाएर शरीरलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । तर, यो प्राणायम केही रोगका बिरामीले भने नगर्नु नै उत्तम हुन्छ । पेटको शल्यक्रिया गरेका, उच्च रक्तचाप भएका तथा महिलाको मासिक धर्मको समयमा कपालभाती गर्नुहुँदैन । सबैभन्दा राम्रो योग प्रशिक्षकको सल्लाहमा कपालभाती गर्दा यसबाट पाइने सम्पूर्ण लाभ प्राप्त हुन्छ
कपालभाती गर्ने तरिका
कपालभाती प्राणायमको अभ्यास भएकाले आफ्नो योगा म्याटमा आरामले पलेँटी कसेर बस्नुपर्छ । आफ्नो ढाड, गर्धन सीधा बनाएर बस्नुपर्छ ।
यसरी बसेपछि सबैभन्दा महत्वपूर्ण भनेको श्वासप्रश्वास हो । त्यसैले यसलाई विशेष ध्यान दिनुपर्छ । श्वासलाई सकेसम्म सामान्य बनाउनुपर्छ ।
श्वासलाई शरीरभित्र लिन सुरु गर्नुपर्छ । त्यसपछि श्वास पूर्णरूपले शरीरबाहिर नाकबाट फाल्नुपर्छ । श्वास फाल्दा पेटभित्र गएको हुनुपर्छ ।
अभ्यासका क्रममा ध्यान दिनुपर्ने कुरा के हो भने श्वास फाल्ने काम सक्रिय रूपमा हुन्छ भने श्वास लिने क्रिया आफैँ स्वत हुनुपर्छ । यही तरिकाले श्वास छिटोछिटो छाड्ने प्रक्रिया गर्नुपर्छ । यो अभ्यास सुरुमा ५ मिनेट गर्न सकिन्छ । यसलाई आवश्यकताअनुसार बिस्तारै बढाउँदै लैजान सकिन्छ ।
कपालभातीका फाइदाहरू
कपालभाती प्राणायम गर्दा पाचन शक्तिलाई सक्रिय बनाउन सहयोग गर्छ ।
यो प्राणायामले हाम्रो मस्तिष्कको शक्तिलाई तीक्ष्ण र सक्रिय बनाउँछ ।
शरीरमा हुने एलर्जीलाई कपालभातीले कम गर्न सहयोग गर्छ ।
यो प्राणायमले शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्छ । जस्तै: रुघाखोकी, पिनासको समस्या हुनेहरूलाई यो प्राणायम अत्यन्त लागकारी हुन्छ ।
फोक्सो र अन्य श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा यो प्राणायम अत्यन्त लाभकारी हुन्छ ।
नयाँ पत्रिकाबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण