शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाले उत्तर कोरियालाई दियो जवाफ, एन्टी मिसाइल सिस्टमको परिक्षण

बुधबार, १७ जेठ २०७४, १३ : ५३
बुधबार, १७ जेठ २०७४

एजेन्सी जेठ १७ – उत्तर कोरियाको लगतार परमाणु परिक्षणका बिच अमेरिकाले एन्टी–मिसाइल सिस्टमको परिक्षण गरेको छ । यो इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसइलले समस्त मिसाइल हमलालाई विफल गरिदिने बताएको छ । स्मरण रहोस्, अन्तर्राष्ट्रिय दबाब र कडा प्रतिबन्धका बाबजूद उत्तर कोरिया लगातार परमाणु परिक्षण गरिरहेको जसको जवाफमा अमेरिकाले यो परिक्षण गरेको हो ।

अमेरिकी सेनाले उत्तर कोरियाको न्यूक्लियर र मिसाइल टेस्टको बढ्दो खतराका बिच अमेरिकाले पहिलो पटक एन्टी मिसाइल सिस्टम टेस्ट गरेको हो ।

उक्त सिस्टम इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाइल (आइसीबीएम) समेत अन्य मिसाइल हमलालाई बिफल गर्नका लागि बनाइएको बताइएको छ । मिसाइल डिफेन्स एजेन्सीका निर्देशक वाइस एडमिरल जिम सेरिंगले भने, ‘जटिल, खतरनाक, आइसीबीएमको लक्ष्यलाई विफल गर्नु अविश्वसनीय उपलब्धी हो र हामीले यस्तो गरेर यो क्षेत्रमा निकै ठूलो उपलब्धी हाँसिल गरेका छौं ।’

स्मरण रहोस्, उत्तर कोरियाले सोमबार यस वर्षको नवौं परमाणु परिक्षण गरेको छ ।

योभन्दा अघि उत्तर कोरियाले २१ मे मा पूर्वी तटबाट एक ब्यालेस्टिक मिसाइल टेस्ट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप