शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोस्रो चरणको निर्वाचन कार्यतालिका प्रकाशित, असार २ गते मनोनयन दर्ता

बुधबार, १७ जेठ २०७४, १५ : ५९
बुधबार, १७ जेठ २०७४
काठमाडौं, जेठ १७– दोस्रो चरणका हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका बुधबार प्रकाशित भएको छ । सरकारले बुधबार निर्वाचनको मिति असार १४ गतेका लागि सारेलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २ गते उम्मेदवार मनोनयन दर्ता रहेको छ । कार्यतालिकाअनुसार असार २ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता रहेको छ । मनोनयन दर्ता गरिएको उम्मेदवारको सूचि सोही दिन बेलुका ५ः३० बजे प्रकाशित गरिनेछ । यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने समय असार ३ गते विहान १० बजेदेखि १ बजेसम्म राखिएको छ भने असार ३गतेदेखि असार ४ गते विहान ११ः३० बजेसम्म मनोनयन जाँचको समय तोकिएको छ । उम्मेदवारको नामावली भने असार ४ गते विहान ११ः३० देखि १ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय सोही दिन दिउँसो १बजेदेखि ५ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामावली असार ५ गते विहान १० बजदेखि ११ बजेसम्म प्रकाशित गरिने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलहरुले असार ५ गते विहान ११ बजदेखि बेलुका ५ बजेसम्म निर्वाचन चिन्ह प्राप्त गर्नेछन् भने असार १४ गते विहान ७ बजदेखि बेलुका ५ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप