शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भृकुटीमण्डपमा जेठ १८ बाट शैक्षिक मेला

बुधबार, १७ जेठ २०७४, १६ : ३९
बुधबार, १७ जेठ २०७४
काठमाडौ, जेठ १८ –काठमाडौंको भृकुटीमण्डपमा आगामी जेठ १८ गतेदेखि २१ गतेसम्म बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको जानकारी दिइएको हो । गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपालले जनाएको छ । मेलामा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका विज्ञहरुबीच अन्तरक्रिया कार्यक्रम समेत राखिएको बताइएको छ । मेलामा नेपालका सबै प्रतिष्ठित शिक्षण संस्थाहरु सहभागी हुनेछन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप