ब्लड टेस्ट गर्नुअघि के गर्ने ?
शुक्रबार, १९ जेठ २०७४, ११ : २२
पृथ्वीविक्रम खड्का ल्याब टेक्निसियन शुक्रराज सरुवा रोग अस्पताल
रक्त परीक्षण गर्न अस्पताल वा ल्याबमा जाने क्रममा हतार गर्नु हुँदैन । केही समय आराम गरेर मात्र परीक्षण गर्ने रगत निकाल्नुपर्छ
रोगको प्रकृतिअनुसार ब्लड टेस्ट गर्नुपर्छ । सोही टेस्टअनुसारको स्याम्पल कलेक्सन हुन्छ । प्रायः टेस्टहरू र्यान्डमली जुनसुकै वेला गर्न सकिन्छ ।
लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्न भने ८ देखि १० घन्टासम्म पेट खाली राख्नुपर्ने हुन्छ । यो समयमा परीक्षण गर्नेले पानीसमेत खानु हुँदैन । यस्ता रोगको परीक्षण गर्नेले चिकित्सकसँग अग्रिम सल्लाह गर्नुपर्छ ।
युरियाजस्ता रोगको परीक्षण गर्नेले अघिल्लो दिनदेखि नै माछा–मासुजस्ता प्रोटिनयुक्त डाइट खानु हुँदैन । अघिल्लो दिनदेखि नै माछा–मासु तथा फ्याटी डाइट छाडेर साधारण खाना खानुपर्छ ।
नयाँ पत्रिकाबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण