शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ बबालमा फसिन् प्रियंका, डिलिट गरिन् सेल्फी

शुक्रबार, १९ जेठ २०७४, १३ : ४३
शुक्रबार, १९ जेठ २०७४

एजेन्सी

जेठ १९ – प्रियंकाले नयाँ सेल्फीका कारण संसारभरी कडा आलोचनाको सामना गनुपरेको छ ।

बर्लिनमा आफ्नो फिल्म ‘बेवाच’ प्रोमोट गर्न पुगेकी प्रियंकाले आफ्ना भाइ सिद्धार्थ चोपडासँग होलोकास्ट मेमोरियलमा खिचेका केही सेल्फी पोष्ट गरेकी थिइन् जसलाई उनले आफ्नो अकाउन्टबाट हटाइदिएकी छिन् ।

स्मरण रहोस्, जर्मनीको होलोकास्ट मेमोरियल दोस्रो विश्वयुद्धमा हिटलर र नाजीद्वार मारिएका ६० लाख यहूदीहरुको यादमा बनाइएको हो ।

प्रियंकाले यो शोकको स्थानमा गएर सेल्फी खिचेका कारण मानिसहरुले आलोचना गरेका छन् र इन्स्टाग्राममा पोष्ट गरेका कारण उनलाई असंवेदनशील बताइएको छ । प्रियंकाले त्यहाँबाट एक इन्स्टाग्राम स्टोरी पोष्ट गरेकी थिइन् र त्यसपछि आफ्ना भाइसँग ट्वीटरमा सेल्फी पनि पोष्ट गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप