एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स सहकार्य
शुक्रबार, १९ जेठ २०७४, १३ : ३८
काठमाडौं, जेठ १९–एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने सम्झौता भएको छ । हाल भने बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ ।
सुरुमा यो सुविधा यूएई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीकालागि उपलब्ध गराएको र आगामी दिनमा अन्य देशमा पनि बिस्तार गरिने बैंकले जनाएको छ । इनवर्ड रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशका बैंक÷एजेन्सीहरुसँग सहकार्य गर्दै आएको छ ।
त्यसैगरि, बंैकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरिसकेको जनाएको छ । यसपछि बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको जनाएको छ ।
साथै, बैंकले आफ्नो पन्जाब नेशनल बैंकको ‘इनरेमिट’ मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्छन् ।
बैंकले हाल आफ्ना ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण