शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

शुक्रबार, १९ जेठ २०७४, १४ : ०९
शुक्रबार, १९ जेठ २०७४

समुन्द्रा घिमिरे

बेसीशहर, १९ जेठ । बेँसीसहरस्थित सामुदायिक जिल्ला अस्पतालमा अत्याधुनिक मेसिनबाट विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरिएको छ । सामुदायिक अस्पतालले आफ्नो सेवाको बारेमा शुक्रबार पत्रकार भेटघाट र मेसिनरी सामाग्री उद्घाटन कार्यक्रमको आयोजना गरि उक्त जानकारी गराएको हो ।

उद्घाटन कार्यक्रममा वेसीशहर नगरपालिका का प्रमुख गुमानसिंह अर्याल, उप–प्रमुख लक्ष्मीदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी युबराज मैनाली, स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देल, प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेल, जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँई लगाएत अस्पतालका कर्मचारी, सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सामुदायिक जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन, वटी लाइट, वटी टेबल, डेन्टल एक्स–रे मेसिन, डेन्टल चियर र काडीयो मोनीटर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो ।

मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा करिब ६२ लाख बराबरको लगानीमा एक्स रे मेसिन, करिव १० लाख बराबरको वटी लाइट, करिब ३ लाख बराबरको वटी टेबल, करिब ११ लाख बराबरको डेन्टल एक्स–रे मेसिन, करिब ४ लाख बराबरको डेन्टल चियर र आवश्यक मेसीनरी सामाग्री सहीत करिव १ करोड बराबरको उक्त मेसिनरी सामाग्री खरिद गरी सञ्चालनमा ल्याएको अस्पतालका प्रशासक प्रमुख युवराज देवकोटाले बताए ।

डिआर एक्स–रे मेसिनबाट अन्य एक्स–रे मेसिनको तुलनामा छ गुना कम हानिकारक किरण उत्पन्न हुने बताइएको छ ।

डिआर एक्स–रे मेसिन सञ्चालनमा ल्याउने सामुदायिक अस्पताल जिल्लाको पहिलो अस्पताल हो भने नेपालको चौथो अस्पताल हो ।

उक्त मेसिन नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप