साताको सेयर : २ अर्ब ८५ करोडको कारोवार
काठमााडौं, जेठ १९– नेपालको पुँजी बजारमा यो साता २ अर्ब ८५ करोड भन्दावढीको कारोवार भएको छ । सातामा ४ दिन मात्र खुला रहेको वजारमा उत्साहजनक प्रगति भने देखिएको छैन ।
सरकारले आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गरेको यो साता पुँजी बजारमा भने आशा अनुसार लगानीकर्ता उत्साहित देखिएनन् । वजेटको अघिल्लो दिन बजार दोहोरो अंकले घटेको थियो । सो दिन बजार १४ अंकले घटेको हो । यो गिरावटसँगै बजार एक हजार ६ सय १५ दशमलव ५८ अंकमा ओर्लिएको थियो । एक सय ४८ कम्पनीको १४ लाख ७६ हजार ८ सय १३ कित्ता सेयर किनवेच भएको वजारमा ७५ करोड ६० लाख १७ हजार ५ सय ८८ रुपैयाँको कारोवार भएको यो दिन होटल र ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक घटेका थिए ।
बैकिङ समूहको सूचक १७ अंकले घटेको थियो भने विकास बैंक समूहको सूचक १७ दशमलव ४, जलविद्युत समूहको सूचक २७ दशमलव ८४, फाइनान्स समूहको सूचक ७ दशमलव ३४, बीमा समूहको सूचक १३४ दशमलव ३ अंक र उत्पादनमुलक समूहको सूचक ३६ दशमलव ९३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । होटल समूहको सूचक १३ दशमलव १५ र अन्य समूहको सूचक २५ दशमलव ७४ अंकले बढेको थियो ।
यस्तै, साताको दोस्रो दिन अर्थात बजेट प्रस्तुत भएको दिन गणतन्त्र दिवस परेकाले बजार खुलेन । तर, वजेटको भोली पल्ट मंगलबार भने बजार पुन दोहोरो अंकले नै घटेको थियो । सो दिन वजार २१ दशमलव १५ अंकले घटेर एक हजार ५ सय ९४ दशमलव ४३ अंकमा आएको थियो । यो दिन बीमा समूहको सूचक १२० दशमलव ५ अंकले घटेको थियो । बैकिङ समूहको सूचक १९ दशमलव ३७, विकास बैंक समूहको सूचक १६ दशमलव २२ र अन्य समूहको सूचक २६ दशमलव ९ प्रतिशतले घटेको थियो । मंगलबार ७६ करोड ६३ लाख रुपैयाँको कारोवार भएको थियो ।
बुधबार भने बजार दोहोरो अंकले उकालो लागेको थियो । एक सय ४४ कम्पनीको सेयर कारोवार भएको सो दिन बजार १३ दशमलव ६८ अंकले उक्लिएको हो । दिनभर ११ लाख ५३ हजार ४ सय ९४ कित्ता सेयर किनवेच भएको बजारमा ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपैयाँको कारोवार भएको थियो । यो दिन नेप्से र सेन्सेटिप इन्डेक्स दुवै हरियो भएका थिए ।
बैकिङ समूहको सूचक ९ दशमलव ४१ अंकले बढेको थियो भने होटल समूहको सूचक १९ दशमलव ९८, विकास बैंक समूहको सूचक २० दशमलव ९ र जलविद्युत समूहको सूचक १८ दशमलव ०७ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, फाइनान्स समूहको सूचक १ दशमलव ३२, बीमा समूहको सूचक १२१ दशमलव ४१ र अन्य समूहको सूचक ८ दशमलव ३९ अंकले वढेका थिए । बजारमा उत्पादनमुलक समूहको सूचक भने ४ दशमलव ६१ अंकले घटेको थियो ।
यस्तै, सेयर कारोवारका हिसावले साताको अनितम दिन बिहीबार बजार सामान्य घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार यो दिन भने ३ दशमलव ८० अंकले घटेको हो । बिहीबार बजार एक हजार ६ सय ४ दशमलव ३१ अंकमा झरेर रोकिएको छ । एक सय ४७ कम्पनीको ११ लाख ९२ हजार ९ सय ५८ कित्ता सेयर खरिद विक्रिवाट ६४ करोड ९१ लाख ७ हजार ४ सय ४६ रुपैयाँको कारोवार भएको थियो ।
यो दिन जलविद्युत र उत्पादनमुलक समूहबाहेक अन्य सवै समूहको सूचक घटेका छन् । बैकिङ समूहको सूचक १ दशमलव ७५ अंकले घटेको आज होटल समूहको सूचक २५ दशमलव ३२, विकास बैंक समूहको सूचक ९ दशमलव ९५ अंकले ओरोलो लागेको पनि नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस्तै, फाइनान्स समूहको सूचक ३ दशमलव ८ अंकले घटेको छ भने बीमा समूहको सूचक १० दशमलव ४९ अंकले घटेको छ । अन्य समूहको सूचक ८ दशमलव ९६ अंकले घटेको छ भने जलविद्युत समूहको सूचक ७ दशमलव ०४ अंक र उत्पादनमुलक समूहको सूचक १९ दशमलव १६ अंकले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण