शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन सफल भयौँ : मन्त्रि महत

शुक्रबार, १९ जेठ २०७४, १६ : ०५
शुक्रबार, १९ जेठ २०७४

काठमाडौँ, जेठ १९ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आफू नेपाल–भारतीबीचको सम्बन्ध सुमधुर बनाउन सफल भएको दावी गरेका छन् ।

मन्त्री महतले नेपालको नीतिगत तथा संरचनागत स्थिति बलियो नभई अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन नसकिने पनि स्पष्ट पारेका छन् ।

शुक्रबार आफ्नो दश महिने कार्यकालबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उच्चस्तरीय भ्रमण गराएर आफूले नेपाल भारतबीचको चिसिएको सम्बन्ध समुदुर बनाउन सफल भएको दावी गरेका हुन् ।

मन्त्री महतले सुमधुर सम्बन्धकै कारण भारतले नेपालको स्थानीय तहको निर्वाचनमा पनि सहयोग गरेको पनि उल्लेख गरे । मन्त्री महतले चीनसँग ‘वान बेल्ट वान रोड’ को कार्यक्रममा समझदारी गरेर अर्को ठूलो सफलता हात पारेको पनि बताए ।

मन्त्री महतले आफूले वार्षिक कार्यतालिका अनुसार कार्यसम्पादन गरेर नेपाल तथा विदेशस्थित नेपाली नियोगहरुको काम, कर्तव्य र अधिकारको लक्ष्य निर्धारण गरेको जनाए ।

उनले राहदानी सेवामा सहजता, स्पेनमा नेपाली दुतावासको स्थापना जस्ता कार्यहरु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप