प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रोकिदैँनः सभामुख
शुक्रबार, १९ जेठ २०७४, १७ : ०४
काठमाडौ, जेठ १९ – सभामुख ओनसरी घर्तीले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन नरोकिने प्रष्ट पारेकी छन् । शुक्रबार तीन दलको बैठकपछि सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि संसदीय प्रकृयाबाटै २१ गते प्रधानमन्त्री चयन हुने बताएकी हुन् ।
प्रतिपक्षले संसद बैठक चल्न नदिएपनि सुचना टाँसेर भएपनि निर्वाचन प्रक्रिया नरोकिने सभामुख घर्तीको भनाई छ ।
बैठकपछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा तथा रमेश लेखकले जेठ २१ गते हुने प्रधानमन्त्रीको निर्वाचन नरोकिने बताए । नेता लेखकले एमाले सहमतिमा नआए प्रकृयागत ढंगले संसद अघि बढ्ने र निर्वाचन भएरै छाड्ने बताए ।
यता बैठकमा सहभागि एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुरमा रोकिएको मतगणना सुचारु नभएसम्म संसद चल्न नदिने आफ्नो पार्टीको अडान परिवर्तन नभएको प्रतिकृया दिए ।
प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउन आज विहान सभामुखले बोलाएको व्यवस्थापिका संसदको कार्यवइवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि सभामुख घर्तीले दिँउसो प्रमुख तीनदलको बैठक बोलाएकी थिइन् ।
बैठकमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ र भानुभक्त ढकाल तथा कांग्रेसबाट रमेश लेखक र चिनकाजी श्रेष्ठ सहभागि थिए भने माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा र रामनारायण विडारी सहभागि बनेका थिए ।
एमालेले गत बुधबारयता भरतपुर प्रकरणलाई देखाउँदै संसद बैठक अवरुद्ध गर्दै आएको छ । जसका कारण राष्ट्रपतिले बहुमतिय प्रकियाबाट प्रधानमन्त्री चयन गर्न पठाएको पत्र संसदमा सुनाउन रोकिएको छ । यसअघि एमाले अध्यष केपी ओलीले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण