शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नगर कार्यपालिकामा एमाले माओवादी गठबन्धन विजयी

शुक्रबार, १९ जेठ २०७४, १७ : २१
शुक्रबार, १९ जेठ २०७४

मुगु, १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिं कामी र नौलासिंह कामी विजयी हुनुभयो ।

उता मुगम कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकामा छ वटै पदमा पूरै एमालेको समूह निर्वाचित भएको छ भने खत्याड गाउँपालिकामा मिश्रित परिणाम आएको छ । त्यहाँ माओवादी केन्द्र र एमालेका दुई दुई तथा काँगे्रस र परिवार दलका एक एक जनाले विजय हासिल गरेका छन् । सोरु गाउँपालिकामा शनिबार कार्यपालिकाको निर्वाचन हँुदैछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप