एमालेले टुंगो लगायो घोराही उपमहानगरका सबै उम्मेदवार
शुक्रबार, १९ जेठ २०७४, १७ : २९
दाङ, जेठ १९– नेकपा एमाले दाङले आउँदो असार १४ गते हुन लागि रहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आफ्ना सबै उम्मेदवारहरु सार्वजनिक गरेको छ ।
एमाले केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीकाअनुसार पार्टीको तर्फबाट सबै ठाउँमा उमेदवार छनोट गरिएको भएपनि केही ठाउँमा भने तालमेलको कुरा भइरहेकाले उम्देवारको नाम फरक हुन पनि सक्नेछ । एमाले दाङले जिल्लैभरी चर्चित अनुहारहरुलाई अगाडि बढाएको छ ।
एमाले दाङले स्थानीय तहको निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरीलाई अगाडि बढाएको छ । चौधरी एमाले दाङका पूर्व अध्यक्ष पनि हुन् । उनी एमाले प्रदेश नम्वर ५ को सदस्य समेत छन् ।
यसैगरी उपमेयरमा चर्चित महिला नेतृ सीता न्यौपानेलाई अगाडि सारेको छ । घोराहीको भरतपुर निवासी न्यौपाने एमालेको जिल्ला र अञ्चल कमिटीमा रहेर काम समेत गरी सकेकी छन् ।
एमालेले उपमहानगरको मेयर र उपमेयरमा चर्चा चलेका ब्यक्तिहरुलाई वडाअध्यक्ष र सदस्य बनाएका छन् । मेयर र उपमेयरमा चर्चा चलेका चर्चित अनुहारहरु विवेक श्रेष्ठ, कैलाश रोका, भरत अर्याल, लक्षिण बुढा, सुदन केसीहरु विभिन्न वडाको अध्यक्षमा अगाडि सारिएको छ ।
एमालेले घोराहीको वडा नम्वर १ मा अध्यक्षका लागि राममणि पाण्डे, २ मा केशव आचार्य, ३ मा अध्यक्षमा शालिकराम थापा, ४ मा भीमबहादुर सार्की, ५ मा विवेक बुढाथोकी, ६ मा थुरेन्द्रबहादुर वली, ७ मा खोपीराम चौधरी, ८ मा कृष्णबहादुर चौधरीलाई अघि सारिएको छ ।
यस्तै, वडा नम्बर ९ मा मानबहादुर बस्नेत, १० मा सुदन केसी, ११ मा कुलबहादुर लामिछाने, १२ मा दोर्ण बहकरी, १३ मा रबीलाल घर्ती, १४ मा कैलाश रोका मगर, १५ मा बुद्धि पौड्याल, १६ मा अध्यक्षका लागि लक्षिणप्रसाद बुढा मगर, १७ मा विवेक श्रेष्ठ, १८ मा भरत अर्याल र १९ नम्बर वडामा हर्कबहादुर घर्तीलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण