आइतबार शेरबहादुर देउवा प्रधानमन्त्री हुने पक्का, को-को छन् देउवाको पक्षमा ?
काठमाडौ, जेठ १९ – कुनै नाटकिय खेल नभए आगामी जेठ २१ गते बेलुका मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । जेठ २१ गते हुने निर्वाचनमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित भएको हो । सभामुखको निर्देशन अनुसार संसद सचिवालयले शुक्रबार जेठ २१ का लागि प्रधानमन्त्रीको निर्वाचन कार्यसुचि सार्वजनिक गरेपछि देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो ।
संसद सचिवालयले शुक्रबार अपरान्ह जारी गरेको सुचनामा शनिबार प्रधानमन्त्रीका उम्मेदवारले उम्मेदवारी दिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा आईतबार विहान ११ बजेको संसद बैठकमा निर्वाचन हुने उल्लेख छ । सहमति अनुसार देउवालाई प्रधानमन्त्रीका लागि माओवादी केन्द्रको पुर्ण समर्थन रहने छ । व्यवस्थापिका संसद नियामवलीको २०४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निवार्चन हुनेछ ।
देउवाको नेतृत्वमा बहुमतीय सरकार गठन गर्न अंक गणित पुग्ने देखिन्छ । हाल व्यवस्थापिका संसदमा ५९३ सांसद रहेका छन् । तिमध्ये बहुमतीय सरकार गठनका लागि देउवाको पक्षमा २९७ सांसदको खाँचो हुन्छ तर अहिलेको सत्ता गठबन्धनसँग ३११ सांसद छन् । यो बाहेक थप दलहरुको समर्थन जुटाउने प्रयास समेत देउवाले गरिसकेका छन् । पछिल्लो समिकरण अनुसार कांग्रेससँग २०७, माओवादी केन्द्रसँग ८२, नेपाल लोकतान्त्रिक फोरमसँग १७, नेकपा संयुक्तसँग ३, अखण्ड नेपालसँग १ र समाजवादी जनता पार्टीसँग १ एक सांसद छन् । यसबाहेक काँग्रेस सभापति देउवाले राप्रपा नेपालको समर्थन जुटाउने गृहकार्य पनि जारी नै राखेका छन् । राप्रपासँग ३७ सांसद छन् ।
संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो योजना छ ।
राष्ट्रिय जनता पार्टीले भने सरकारमा सहभागी नहुने बताईसकेको छ । यसअघि सरकारमा जाने मन्त्रीहरुको टुङगो र मन्त्रालयको भागबण्डाका लागि काँग्रेस र माओवादीले कार्यदल पनि बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र बर्षमान पुनले गृककार्य गरिरहेका छन् । पहिलो चरणमा देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण