ओलीले भने– सरकारको दबावले गर्दा आयोगले भरतपुरको निर्णय लिन सकेन
शुक्रबार, १९ जेठ २०७४, १७ : ४०
हेमराज ढकाल
भक्तपुर, जेठ १९– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रशासनको दुरुपयोग गरेर भरतपुरमा मतपत्र च्यात्ने कार्य गरेको आरोप लगाएका छन् ।
भक्तपुरमा शुक्रबार नारायण विलास जोशी स्मृति प्रतिष्ठानल सार्वजनिकरण तथा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै ओलीले सरकारकै दबाबले निर्वाचन आयोगले भरतपुरको निर्णय लिन नसकेको आरोप लगाए ।
उनले पहिलो चरणको निर्वाचनमा भन्दा दोस्रो चरणमा एमालेले धेरै स्थान जित्ने दाबी गरे । पहिलो चरणमा एमालेलाई हराउन स्थान छानेर चुनाव भएको समेत ओलीले आरोप लगाए ।
नव निर्वाचित जनप्रतिनिधिलाई ओलीले चुनावमा जितेर अबिर र माला लगाए जस्तो सजिलो काम गर्न नहुने बताए । जनताले चुनेर पठाएको प्रतिनिधि भएकाले हरेक कार्य गर्नु भन्दा अगाडि एक पटक आफूले आफूलाई प्रश्न गर्न समेत ओलीले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण