शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

शुक्रबार, १९ जेठ २०७४, १७ : ५२
शुक्रबार, १९ जेठ २०७४

काठमाडौँ, जेठ १९ – आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोपमा शुक्रबार आयोगको टोलीले शर्मालाई कार्यालयबाट नै पक्राउ गरेको हो ।

अख्तियार स्रोतका अनुसार शर्मालाई अहिले आयोगको कार्यालय टंगालमा लगेर बयान लिइरहेको छ ।

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा रहेका शर्मालाई राजस्व विभागमा सुरुवा गरिएको थियो ।

यसअघि महानिर्देशक शर्मा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्याँस काण्डमा पनि मुछिएका थिए । सुगमको फुटरिङ काण्डमा सञ्चालक शिव प्रसाद घिमिरेलाई उन्मुक्ति दिएको आरोप उनलाई लागेको थियो ।

नयाँ अख्तियार प्रमुख दीप वस्न्यात आएपछि उनको यो पहिलो ठूलो कारवाही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप