शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टिकट नपाएर अनसन बसेका काँग्रेस कार्यकर्ता अस्पताल भर्ना

शुक्रबार, १९ जेठ २०७४, १७ : ५४
शुक्रबार, १९ जेठ २०७४
डडेल्धुरा, जेठ १९– नेपाली काँग्रेसले न्यायोचित रुपमा स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका तिलक हमाल अस्पताल भर्ना भएका छन् । पुराना र योग्य र जनमत भएका व्यक्तिलाई टिकट दिइनुपर्ने माग राख्दै मङ्गलबार बिहान १० बजेदेखि आमरण अनशनमा बसेका हमाललाई स्वास्थ्य अवस्था कमजोर भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पु¥याइएको काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी गराए । शुक्रबार बिहानदेखि बोल्न पनि नसक्ने अवस्थामा पुगेपछि हमाललाई अस्पताल लगिएको हो । काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै काँग्रेस पार्टी कार्यालय डडेल्धुरामा गन्यापधुरा गाउँपालिकाका हमाल चार दिनदेखि आमरण अनशनमा बसेका हुन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेल्धुरामा रहेको काँग्रेसको पार्टी कार्यालयको मुख्य ढोकामा नै हमाल आमरण अनशनमा बसेका हुन् । अनशनकारी हमालले शुक्रबार बेलुका नै आमरण अनशन छाड्ने जानकारीसमेत गराएका छन् । नेतृत्वबाट माग पूरा हुने जनाएपछि उनले अनशन तोड्ने भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप