दश महिनापछि शिक्षा नियमावली पारित
शुक्रबार, १९ जेठ २०७४, १८ : २८
काठमाडौँ, जेठ १९– सरकारले शिक्षा ऐन, २०७२ को कार्यान्वयनका लागि शुक्रबार शिक्षा नियमावली–२०७३ पारित गरेको छ ।
मन्त्रिपरिषद्को विधेयक समितिको शुक्रबारको बैठकले पारित गरेको सो नियमावलीमा माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोर्डको काम, कर्तव्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष तथा सदस्य सचिवको काम, कर्तव्य र अधिकार तथा बोर्डका अध्यक्षको पारिश्रमिक सेवा, सर्त तथा सुविधाको व्यवस्था गरिएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । मन्त्रिपरिषद् नियमावलीबारे निर्णय गर्न सो समितिलाई जिम्मा दिइएको थियो ।
ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । गत वर्ष असार १५ देखि संशोधित ऐन कार्यान्वयनमा आएको थियो तर नियमावली नहुँदा कार्यान्वयनमा सुस्तता आएको थियो । नियमावलीमा शिक्षासम्बन्धी नीति निर्धारण गर्ने सम्बन्धमा सरकारलाई सल्लाह तथा सुझाव दिने काम समेतका लागि शिक्षामन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय शिक्षा परिषद्को अन्य काम कर्तव्य र अधिकारको व्यवस्था छ ।
यस्तै शैक्षिक गुणस्तर परीक्षण केन्द्रको व्यवस्था, जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गतका कक्षा ५ सम्मका आधारभूत विद्यालयमा दुर्गम जिल्लाका हकमा भौगोलिक विकटताका आधारमा र अन्य जिल्लाका हकमा विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम कक्षागत दरबन्दी कायम गरेर र आधारभूत विद्यालयको कक्षा ६ देखि ८ सम्म तथा माध्यमिक विद्यालयलाई विषयगत आधारमा सरकारद्वारा उपलब्ध दरबन्दी वितरण र मिलान गर्ने व्यवस्था गरिएको छ । गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने कामका लागि गठित गाउँ शिक्षा वा नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकारबारे पनि नियमावलीमा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण