खोटाङमा भूकम्पपीडितलाई पहिलो पटक पहिलो किस्ता वापतको अनुदान वितरण
शुक्रबार, १९ जेठ २०७४, १८ : ५६
रामधन बेदना
खोटाङ, जेठ १९– भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि खोटाङमा पहिलो पटक पहिलो किस्ता वापतको अनुदान वितरण शुरु गरिएको छ । जिल्लाका भूकम्प पीडित लाभग्राहीलाई निजी आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैंयाँ शुक्रबारदेखि बितरण गर्न थालिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
२०७२ साल बैशाख १२ गतेको बिनासकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनर्निर्माण अनुदान जिल्लास्थित सालपा बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट वितरण सुरु गरिएको हो । सालपा र सेञ्चुरी कमर्सियल बैंकबाट १ हजार ३ सय ५४ लाभग्राहीलाई आवास अनुदान वितरण हुने जानकारी दिइएको छ ।
सालपा बिकास बैंकको कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका भूकम्प पीडित रिमानसिं तामाङलाई अनुदान वापतको चेक हस्तान्तरण गरेर अनुदान बितरण शुरु गरिएको हो । अनुदान रकम सालपा बिकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५ सय १८ लाभग्राहीलाई वितरण हुने जनाइएको छ ।
यस्तै, सेञ्चुरी कमर्सियल बैंकबाट केपिलासगढी र लामीडाँडा गाउँपालिकाका ८ सय ३६ लाभग्राहीलाई आवास अनुदान वितरण हुने बताइएको छ ।
यस्तै, बैंक अफ काठ्माण्डौंबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय बाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योती बिकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राही तथा खोटाङबजारस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लाका कुल ८ हजार ४ सय ४३ घरधुरीका लागि कुल ३३ करोड ४७ लाख ४० हजार अनुदान जिल्ला भित्रिएको छ ।
अनुदान बापतको पहिलो किस्ता बितरण भए पनि बर्षायाम तथा स्थानीय तहको निर्बाचनका कारण पुर्ननिर्माण कार्यको थालनी गर्न भने समस्या हुने जिल्लाबासीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण