शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा राजपाले गर्यो आन्दोलन घोषणा

शुक्रबार, १९ जेठ २०७४, १९ : १८
शुक्रबार, १९ जेठ २०७४
माधव बेल्वासे चन्द्रौटा (कपिलवस्तु), जेठ १९– राष्ट्रिय जनता पार्टीले कपिलवस्तुमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजपा नेपाल कपिलवस्तुको चन्द्रौटामा बसेको बैठकले अन्दोलनलाई सशक्त पार्दै लैजाने निर्णय गरेको छ । राजपाको केन्द्रीय निर्देशन अनुसार जेठ १८ गतेदेखि २० गते सम्म गाउँपालिका, नगरपालिकामा अन्दोलन परिचालन समिति गठन, जेठ २२ गते राणनीतिक बैठक तथा अन्तरक्रिया गर्ने जानएको छ । त्यस्तै राजपाले २३ गते ठोस कार्यक्रम बनाई शसक्त अन्दोलन गर्ने, २४ गते सबै गाउँपालिका, नगरपालिका विशाल विरोध सभाको अयोजना गर्ने र जेठ २५ गते मधेश, थारुहट लिम्वुवानमा दिनको १ बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्का जाम गर्ने निर्णय गरेको छ । मधेशका मागलाई सम्वोधन नगरी कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने नेताहरुले वताए । राजपा शिवराज नगरपालिकाका अध्यक्ष मण्डलका अध्यक्ष मोहम्मद मुस्ताफ खाँँको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेता तथा पूर्वमन्त्री इश्वर दयाल मिश्रा, रविदत्त मिश्रा, मगंलप्रसाद गुप्ता, विजय जयसवाल, गंगेश तिवारी, फरहन अकबाल खा, मेनाज खा पप्पु, बालजी चौधरी, अरविन्द सिह, हरीहर मिश्र लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप