शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एन्फा महिला लिग च्याम्पियनसीपः उदयपुर, ताप्लेजुङ, इलाम र बारा विजयी

शुक्रबार, १९ जेठ २०७४, १९ : ५१
शुक्रबार, १९ जेठ २०७४
पाल्पा, जेठ १९– पाल्पाको तानसेनमा जारी एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा उदयपुर,  ताप्लेजुङ, इलाम र बारा महिला टिम विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिम विजयी भयो । उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको हो । उदयपुरका लागि सृजना चेम्जोङ्गले २३, ४६ र ६३ औं मिनेटमा, रेश्मा खत्रीले ३७ औं मिनेटमा तथा सरस्वती चौधरीले ७३ औं मिनेटमा गोल गरेका थिए । दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १८, ४३ र ६६ औं मिनेटमा, अनिता बस्नेतले पहिलो हाफको इन्जुरी समयमा र ४९ औं मिनेटमा, रेखा लिम्बूले २१ र ७४ औं मिनेटमा तथा अनुष्का शेर्पाले ५ औं मिनेटमा गोल गरेका थिए । तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिम र सप्तरी महिला फुटबल बीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । त्यस्तै शुक्रबार भएको स्याङ्गजातर्फको पहिलो खेलमा ईलाम महिला फुटबल टिमले नुवाकोट महिला फुटबल टिमलाई ६–० गोलले पराजित गरेको छ । ईलामका लागि पप्पु सुरुचीले ४३, ६० र ६४ औं मिनेटमा, सुस्मिता तामाङ्गले २२ औं मिनेटमा, तेज कुमारी गुरुङ्गले ३८ औं मिनेटमा तथा अञ्जली सुब्बाले ३५ औं मिनेटमा गोल गरेका थिए । मोरङ्ग महिला फुटबल टिम र बर्दिया महिला फुटबल टिम बिचको दोश्रो खेल प्राविधिक कारणवश (वर्षाको कारणले) स्थगित भएको थियो । तेश्रो खेलमा बारा महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । बाराका लागि तारा थिङ्गले ७, १८, २२, ४० र ७९ औं मिनेटमा, अन्जना तामाङ्गले ५० र ५८ औं मिनेटमा तथा निशा गुरुङ्गले ११ औं मिनेटमा गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप