दक्षिण एसियाली खेलकुदमा २३ खेललाई प्राथमिकता
शुक्रबार, १९ जेठ २०७४, २० : ०१
काठमाडौँ, जेठ १९– नेपाल ओलम्पिक कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, कराँतेलगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यही जेठ २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैगरी एक महिनापछि तुर्कमिनिस्तानको राजधानी आस्गाबाटमा हुने एसियन इन्डोर गेम्समा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ ।
आधुनिक ओलम्पिक खेलकुद सुरुआत भएको दिन असार १० गते (जुन २३) को सम्झनामा आगामी असार ३ देखि १० गतेसम्म कमिटीका मातहतका सबै सङ्घसंस्थालाई उत्सव गर्न बैठकले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण