सरकारी जग्गा किर्ते गर्ने १२ जनालाई कारबाहीको फैसला
शुक्रबार, १९ जेठ २०७४, २० : ०८
भक्तपुर, जेठ १९– भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरी ठगी गर्ने १२ जनालाई कारबाहीको फैसला सुनाएको छ ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले आज १० जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
अदालतले ठगी गर्ने कार्यका मुख्य दोषी अरुणकुमार पराजुली र उनकी श्रीमती प्रतिभाञ्जली पोखरेललाई जनही दुई–दुई वर्ष कैद र रु ४८÷४८ लाख जरिवानाको फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।
त्यसैगरी तेजकृष्ण श्रेष्ठलाई छ महिना कैद रु एक लाख २५ हजार जरिवाना, रामचन्द्र श्रेष्ठलाई छ महिना कैद र रु दुई लाख ५० हजार जरिवाना, श्यामसुन्दर श्रेष्ठलाई तीन महिना कैद र रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।
त्यसैगरी सुवर्ण विष्टलाई छ महिना कैद र रु १५ हजार जरिवाना, भीमबहादुर खड्कालाई छ महिना कैद र दुई हजार जरिवाना, मध्यपुरथिमि नगरपालिकाका वडा सचिव विजय कायस्थलाई छ महिना कैद र रु दुई हजार जरिवाना, मालपोत कार्यालय भक्तपुरका कर्मचारी चन्द्रमणि पोखरेललाई छ महिना कैद र रु दुई हजार जरिवाना, मालपोतकै अर्का कर्मचारी दिलीप अधिकारीलाई छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको हो ।
त्यसैगरी वैजनाथ चौधरीलाई छ महिना कैद र दुई हजार जरिवाना तथा उमाकान्त यादवलाई छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको छ ।
२०२९ सालमा तत्कालीन हवाई विभागले अन्तर्राष्ट्रियस्तरको रिसिभिङ्ग स्टेशन निर्माण गर्न अधिकरण गरेको जग्गामध्ये साविक दिव्यश्वरी गाउँ पञ्चायत वडा नं। ८ (क) कि.न।ं ४४२ र ४४४ को एक रोपनी १० आना जग्गा उनीहरुले किर्ते गरी ठगी गरेको अदालतले ठहर गरेको छ ।
ठगी गर्ने गिरोहले मालपोत कार्यालय र अधिग्रहण गर्नुअघिका जग्गा धनीको मिलेमतोमा २०६८ सालमा जग्गा नामसारी गरी बैंकमा लगेर राख्ने तथा कारोबार गर्ने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साल फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण