शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माफी माग्यो भारतीय प्रहरीले, नेपालीको रिहाईपछि भारतीय प्रहरीलाई छाडियो

शुक्रबार, १९ जेठ २०७४, २० : २०
शुक्रबार, १९ जेठ २०७४
कर्ण चन्द डोटी, जेठ १९– नेपाल प्रहरीले पक्राउ गरेका भारतिय डिएसपी नागराज मलसाप्रोले अनाधिकृत रुपमा नेपाल प्रबेश गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन । नेपाली नागरिक दोषी भए पनि कानुनी कारवाही मार्फत आउन पर्ने भए पनि आफुहरु अनुमतिबिना प्रबेश गर्नु गल्ती भएको प्रहरी समक्ष बताए । सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी रामेन्द्र सिंह देउजाले नागराजलाई उधृद गर्दै भने ‘उनीहरु अनुमती बिना प्रबेश गर्नु गल्ती भएको स्वीकार गरेका छन, गल्ती स्वीकार गरेपछी प्रहरी प्रशासनले महाकाली अञ्चल प्रहरी कार्यालय मार्फत भारतिय अधिकारीलाई बुझाईएको छ ।’ डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालवहादुर आउजीको अपहरण गरेको थियो । घरमा सुतिरहेको अबस्थामा आउजीलाई अपहरण गरेको स्थानीयले प्रहरीलाई गराएका पछि पक्राउ गरिएको थियो । डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरे । नेपालीको रिहाइपछि भारतीय प्रहरी छुटे भारतीय प्रहरीको नियन्त्रण रहेका नेपाली नागरिकको रिहाईपछि अनाधिकृत रुपमा नेपाल प्रबेश गरेका भारतीय प्रहरीलाई भारत सरकारको जिम्मा लगाइएको छ । आफन्तले चोरी गरेको आरोपमा भारतको कर्नाटक प्रदेशको उक्लीगाउँमा काम गर्दै आएका निर्दोेष नागरिकलाई त्यहाँको स्थानीय प्रहरीले एक हप्तादेखि बन्धक बनाएर यातना दिएको थियो । बन्धक बनाईएका सबै जनाको रिहाई भएको भारतको कर्नाटकको उक्लीगाउँमा काम गर्र्दै आएका पीडितका आफ्न्त जया पार्कीले जानकारी दिए । ‘सातै जना नियन्त्रणमा लिएका ब्यक्तिलाई प्रहरीले बिहिबार बेलुका छोडेको जयाले जानकारी दिए । भारतीय प्रहरीले अपहरण गरेका डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालवहादुर आउजी र भारतबाट नियन्त्रणमा लिएर आयका प्रशादे पार्की दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा छोडिएको छ । नियन्त्रणमा लियर छोडिएका निर्दोश ब्यक्ती माथी भारतिय प्रहरीले फेरी अन्याय गरेमा त्यसका बिरुद्धमा आफुहरु शसक्त रुपमा लाग्ने मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष हिरा सिंह चन्दले बताए । यसैबीच, भारतीय प्रहरीले नेपालमा बिभिन्न पटक अनुमतिबिना प्रबेश गर्ने गरेको भन्दै नागरिक समाजका ब्यक्तिले भारतिय हस्तक्षपको बिरोध गरेका छन् । भारतले हस्तक्षेप गर्दा पनि नेपाल सरकारले दुई देशको मामला भन्दै सिमा पारी स्कटिङ गरेर पु¥याउने गरेकोमा आपत्ति जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप