शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुडानमा झाडापखालाका कारण २६५ को मृत्यु

शुक्रबार, १९ जेठ २०७४, २० : २५
शुक्रबार, १९ जेठ २०७४
सुडान, जेठ १९– सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताएका छन् । देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएको उनले बताए । उनले दूषित पानीबाट हुने झाडापखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षात्को बेला झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्ने बताए । मन्त्रीको प्रतिवेदनअनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ जना बिरामी भएको तथ्याङ्क पाइएको छ । त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ चार हजार ४७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४०१ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८७८ जना प्रभावित भएका छन् । रेड सि प्रदेशमा एक हजार १३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन् । मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउनेतर्फ लाग्नुपर्नेमा पनि जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप