शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यस्ता छन्, मन्त्रिपरिषदका निर्णय

शुक्रबार, १९ जेठ २०७४, २० : ३०
शुक्रबार, १९ जेठ २०७४
काठमाडौं, जेठ १९– सरकारले वन्यजन्तुको आक्रमणमा मारिएका परिवारलाई दोब्बर क्षतिपूर्ति दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वन्यजन्तुको आक्रमणबाट मारिनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो । यस्तै वन्यजन्तुबाट घरपालुवा जनावर मारिएमा सरकारले ४० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । बैठकले गरिबी निवारणसँग सम्बन्धित सबै कार्यक्रम सहकारी विकास तथा गरिबी निवारण मन्त्रालय मातहतमा ल्याउने निर्णय गरेको छ । सरकारले पत्रकार महासंघको अधिवेशनको लागि ३० लाख रुपैयाँ दिने भएको मन्त्री कार्कीले बताए । यस्तै, सरकारले स्थानीय तहमा कर्मचारी समेत पठाउने निर्णय बैठकले गरेको छ । मे २ लाई सरकारले सूचना तथा सञ्चार दिवस मनाउने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप