सशस्त्र प्रहरी बलमा खकार शिविर
शुक्रबार, १९ जेठ २०७४, २० : ५५
भक्तपुर, १९ जेठ– क्षयरोग पत्ता लगाउने र भक्तपुर जिल्लामा क्षयरोग मुक्त समाज निर्माण गर्ने मुख्य उद्देश्य लिएर नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले दुवाकोटस्थित सशस्त्र प्रहरी बलमा निःशुल्क खकार परीक्षण तथा क्षयरोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
शिविरमा भक्तपुर अस्पतालका विश्वराम थापाले क्षयरोगको परिभाषा, लक्षण, क्षयरोग लाग्ने अवस्था र क्षयरोगको उपचारका बारेमा प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत डीआर र क्षयरोग सेवा संचालन कार्यक्रम अनुसार प्रहरी जवानहरुलाई निःशुल्क खकार शिविर तथा अभिमुखीकरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक बाबुकाजी श्रेष्ठले बताए ।
डाक्टर रोजिना श्रेष्ठ, नर्सहरुमा राजेश्वरी शिल्पकार, प्रभा श्रेष्ठ, ल्याप टेक्नीसियनहरु संगीता श्रेष्ठ, सोमबहादुर पन्थ, सुनिता धौबन्जार र स्वयंसेविका अम्बिका श्रेष्ठ र रमिला दृष्टिलगायत प्राविधिक टोलीसहित सहसंयोजक रवि श्रेष्ठ, रत्नलाल सांद र सभापति राम सिख्वः कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण