शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच एकीकरण

शुक्रबार, १९ जेठ २०७४, २१ : १८
शुक्रबार, १९ जेठ २०७४
मोरङ, जेठ १९– संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच एकीकरण भएको छ । शुक्रबार विराटनगरमा एक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो । पार्टी एकीकरण कार्यक्रममा संघीय समाजवादी फोरमको केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले पहिचानको आवाजलाई अझ बुलन्द गर्न पार्टी एकता गरिएको बताए । बनाउन बाबुराम कार्की अध्यक्ष रहेको एउटा सिङ्गै नयाँ पार्टीलाई स्वागत गरेर फोरम नेपालमा भित्र्याएका छन् । फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीको नीति, सिद्धान्त एउटै भएकोले सँगै एउटै झन्डामुनि उभिएर संघर्ष गर्न पार्टी एकता गरेको नवप्रवेशी पार्टीका अध्यक्ष बाबुराम कार्कीले प्रतिक्रिया दिए । पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले एमाले अध्यक्ष केपी ओली पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाए । ओलीको गद्दारीले गर्दा संविधान संशोधन हुन नसकेको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप