वैद्य माओवादीले भन्यो– दीपायल घटना भारतको ठाडो हस्तक्षेप
शुक्रबार, १९ जेठ २०७४, २१ : २९
काठमाडौं, जेठ १९– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दीपायल घटना नेपाली सार्वभौमसत्तामाथि भारतले गरेको ठाडो हस्तक्षेप भएको जनाएको छ ।
विना इजाजत वर्दीमा भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई बुधबार मध्यरातमा घरभित्र पसी, हातखुट्टा बाँधी मुखमा पट्टि बाँधेर अपहरण गरिएको घटनाप्रति क्रान्तिकारी माओवादीले ध्यानाकर्षण भएको जनाएको छ ।
क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कण्डेल प्रतिकले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटना नेपाली सार्वभौमसत्तामाथि भारतले गरेको ठाडो हस्तक्षेपको रुपमा रहेको भन्दै विरोध एवम् तीव्र भत्र्सना गरेका छन् ।
भारतको यस्तो नाङ्गो हस्तक्षेप र ज्यादतीका विरुद्ध आवाज उठाउँदै दोषीउपर कडा कारबाही गर्नुको सट्टा सरकारको निर्देशनमा नेपाल प्रहरी प्रशासनको नियन्त्रमा रहेका भारतीय प्रहरीका डीएसपी नागराजसहितको टोलीलाई जनताको सूचनाको हकलाई कुण्ठित गरी गुपचुप रुपमा सिमामा पु¥याएर भारतीय पक्षलाई जिम्मा लगाएको भन्दै वैद्य माओवादीले गम्भीर आपत्ति जनाएको छ ।
यो घटनाबाट वर्तमान सरकारको लम्पसारवादी चरित्रलाई अझ उदाङ्गो पारिदिएको कण्डेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण