पैसा बाँडेर चुनाव जित्नेले पछि पछुताउनु पर्नेछ–बिजुक्छे
शुक्रबार, १९ जेठ २०७४, २१ : ४८
भक्तपुर, जेठ १९– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा र सामान बाँडेर जितेको मतले चेतनाको स्तर नबढ्ने बताएका छन् ।
नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय बृहत् महिला भेलामा सांसद बिजुक्छेले भने, “ पैसा बाँडेर चुनाव जित्नेले पछि पछुताउनु पर्नेछ । त्यो एक प्रकारको अपराध हो ।”
भेलामा महिला सङ्घका अध्यक्ष अनुराधा थापा मगर, नेमकिपा भक्तपुरका कावा अध्यक्ष सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरका उपप्रमुख रजनी जोशी, नेत्रीहरु कमलमैयाँ सुवाल, मनशोभा त्वाती, गीता काफ्ले, कमला गिरी, नजरमाया बाटी र सुलोचना छ्वाजूले महिला सशक्तीकरणका बारेमा धारणा राख्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण